भाटभटेनी सुपरमार्केटका सुरक्षागार्ड ५ लाख नगदसहित पुरस्कृत
काठमाडाैं | चैत २०, २०८१
भाटभटेनी सुपरमार्केटले कोटेश्वर शाखाका सुरक्षागार्डलाई पुरस्कृत गरेको छ।
शुक्रबार राजावादी प्रदर्शनकारीको एक समूह कोटेश्वरस्थित भाटभटेनी पुगेर लुटपाटमा संलग्नविरुद्ध प्रतिकार गरेर साहसिक प्रदर्शन देखाउने सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो।
भाटभटेनीका संचालक मीनबहादुर गुरूङले सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख नगद पुरस्कार र पाँच ग्रेड बढुवा प्रदान गरेका थिए।
पराजुलीले त्यसदिन गरेको प्रतिकारको भिडिओले सामाजिक सञ्जालमा चर्चा पाएको थियो।
त्यस्तै बुधवार आयोजित एक कार्यक्रमका बिच भाटभटेनीले अर्का एक सुरक्षा गार्डलाई ५१ हजार रुपैयाँ सहित सम्मान गरेको छ । यसैगरी सोही बेला ड्युटीमा अर्का थप दुई जनालाई पनि २५ हजारका दरले सम्मान गरेको छ । यसैगरी कमर्चारीहरुलाई सम्मान गरिएको थियो ।
उक्त भाटभटेनीमा लुटपाट गर्नेहरू ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूमाथि प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ। लुटपाट र तोडफोडबाट भाटभटेनीमा ८० लाख क्षति पुगेको जनाएको थियो।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

